रहस्यमय दुर्घटनाको पर्दाफासः चार दिनपछि पक्राउ परे ज्यान लिने टिप्पर र चालक

सञ्जय मिश्रा,रौतहट । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर चोकमा चार दिनअघि भएको घातक सवारी दुर्घटनाको रहस्य अन्ततः खुलेको छ। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि शंकर प्रसाद आचार्यको सक्रियतामा दुर्घटनापछि सवारीसहित फरार भएका टिप्पर चालकलाई पक्राउ गरिएपछि घटनाको वास्तविकता सार्वजनिक भएको हो।

 

जेठ २४ गते राति करिब १ बजे गरुडा–समनपुर सडकखण्ड अन्तर्गत सुन्दरपुर चोकमा साइकलमा घर फर्किरहेका गढीमाई नगरपालिका–९ मलाहीका ३५ वर्षीय प्रमोद सहनीलाई प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिप्परले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने चालक तत्काल फरार भएका थिए।

 

घटनापछि स्थानीयवासी र मृतकका आफन्त आक्रोशित बनेका थिए। दोषी चालक र सवारी साधनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरूले गरुडा बजार क्षेत्रमा सडक अवरुद्धसमेत गरेका थिए। प्रहरीको आश्वासनपछि आन्दोलन स्थगित गरिएको थियो।

 

घटनालाई चुनौतीपूर्ण रूपमा लिँदै इलाका प्रहरी कार्यालय गरुडाले व्यापक अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा १९ वटा टिप्पर र १७ भन्दा बढी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो।

 

सोही क्रममा बृन्दावन नगरपालिका–२ निवासी २४ वर्षीय अब्दुल एजाजलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यका अनुसार प्रारम्भिक बयानका क्रममा एजाजले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्।

 

प्रहरीका अनुसार एजाजले शिवम् क्रसर उद्योगबाट ढुङ्गा बोकेर गरुडातर्फ जाँदै गर्दा साइकलमा सवार प्रमोद सहनीलाई ठक्कर दिएका थिए। दुर्घटनापछि उनी घटनास्थलबाट भागेका थिए।

 

प्रहरीले पक्राउ परेका एजाजविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

चार दिनसम्म अन्योल र आशंकाबीच रहेको घटनाले चालक पक्राउ परेसँगै स्पष्टता पाएको छ। मृतकका परिवारले दोषीलाई कानुनअनुसार कडा सजाय दिन माग गरेका छन् भने प्रहरीले घटनाका बाँकी पक्षबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖