विराटनगरबाट ११९ ग्राम लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ

मोरङ, जेठ २९ गते । मोरङको विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चौकबाट ११९ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरीएको छ ।

जेठ २८ गते दिउँसो बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर BR 38 AS 6598 को मोटरसाईकलमा सवार भारतको अररिया जोगबनी-१० का १९ बर्षीय इरफान खान र बिराटनगर-१७ का १९ बर्षीय इफ्रिदि मिँयालाई शंकास्पद गतिबिधी गरीरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गरेको थियो ।

सोही क्रममा निजहरुको साथबाट प्रहरीले ११९ ग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको थियो ।

पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖