कोशी प्रदेश स्तरीय बीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आज मोरङ्ग उद्योग व्यापार संघको हलमा सम्पन्न भएको छ ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा प्रश्नोत्तर सत्रको सहजीकरण क्विज मास्टर मनोज तिवारीले गर्नुभएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बीमा क्षेत्रसँग सम्बन्धित विविध विषयमा आफ्नो ज्ञान र क्षमता प्रस्तुत गरेका थिए ।

प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न प्रतियोगितामा मेरिल्याण्ड माध्यमिक विद्यालयका हर्ष सिंह , सुरज पासवान , सम्भव भटटराई सहितको टिम प्रथम हुन सफल भयो भने शिक्षादीप बोर्डिङ स्कुलका केशव झा , विशेष पौडेल,अलिसा सापकोटाको टिम द्वितीय स्थान हासिल गर्न सफल भयो। त्यसैगरी श्री पोखरिया माध्यमिक विद्यालयका कृष खतिवडा , अनुकुल आचार्य , प्रज्वल आचार्य तृतीय स्थानमा हासिल गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रीति देवले बीमाप्रतिको जनचेतना विस्तार गर्न विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताइन्। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा बीमाको महत्वबारे ज्ञान वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बीमाको विषयमा आगामी दिनमा समेत विद्यालय स्तरमा विविध कार्यक्रम गरिने जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेता लाई प्रथम पुरस्कार प्रमाणपत्र र नगद २० हजार ,दोश्रो लाई प्रमाणपत्र र नगद १५ हजार तेस्रो लाई प्रमाणपत्र र नगद १० हजार तथा सहभागी विद्यालयहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजकले आगामी दिनमा पनि बीमा शिक्षालाई विद्यालयस्तरमै विस्तार गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

बीमा सम्बन्धी ज्ञान, चेतना तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय, विराट क्याम्पस विराटनगर, शिक्षादीप बोर्डिङ स्कुल, सिटी माध्यमिक विद्यालय, मेरिल्याण्ड माध्यमिक विद्यालय तथा सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय गरी ६ वटा टोली सहभागी भएका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖