संखुवासभामा ४ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । संखुवासभामा शुक्रबार ४ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो करिब १ः३० बजे संखुवासभाको च्याम्ताङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको धक्का संखुवासभासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट भएको क्षति वा मानवीय प्रभावबारे कुनै विवरण प्राप्त भएको छैन।
सम्बन्धित निकायले भूकम्पपछिको अवस्थाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।


