संखुवासभाबाट भरुवा बन्दुक सहित एक जना पक्राउ
संखुवासभा, जेठ ३० गते । संखुवासभाको पाँचखपन नगरपालिका-६ मगरटोल स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेठ २९ गते गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले पाँचखपन नगरपालिका-६ निवासी ३५ वर्षीय विनय मगरको घर छेउमा रहेको कागतीको झाडीमा लुकाईछिपाई राखेको अवस्थामा १ थान लोड गरिएको भरुवा बन्दुक बरामद गरे संगै मगरलाई नियन्त्रणमा लिएको हो ।
बन्दुक सहित पक्राउ परेका मगरको थप अनुसन्धान भइरहेको छ ।


