झापाको बिर्तामोडमा बिजुलीको पोलमा बाँधेर कालोमोसो दलेको आरोपमा चार जना पक्राउ
झापा । झापाको बिर्तामोड–२ चारपाने चोकमा एक युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दलेको आरोपमा चार जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६:३० बजे स्थानीय २१ वर्षीया सबिना राजवंशीमाथि पुरानो रिसइबीका कारण सार्वजनिक रूपमा दुर्व्यवहार गरिएको थियो। घटनाका क्रममा उनको हात बिजुलीको पोलमा बाँधेर कालोमोसो दलिएको आरोप छ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार घटनामा संलग्न रहेको आरोपमा कन्काई–८ निवासी १८ वर्षीय समिर मुर्मु, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पूजा बस्नेतलाई पक्राउ गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


