नक्कली नोट सहित पक्राउ
कपिलवस्तु । शिवराज नगरपालिका-२ हल्लानगर बस्ने ४५ वर्षीया बबिता थापालाई नेपाली ५ सय दरको १९ थान नक्कली नोट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


