झापामा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापा । झापाको मेचीनगरस्थित हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–४ वडा कार्यालय अगाडि घर भएकी ६२ वर्षीया पद्मा पौडेलको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। आज बिहान करिब ४ः५५ बजे घरबाट बाहिर निस्कने क्रममा उनलाई हात्तीले कुल्चिएको र घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना घरपरिसरमै भएको हो। बाहुनडाँगी क्षेत्रमा पछिल्ला दिनमा भारततर्फबाट करिब एक सयको संख्यामा जंगली हात्ती प्रवेश गरेको बताइएको छ।

महिलाको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। हात्तीको आक्रमणबाट पटक–पटक मानवीय क्षति हुँदै आएको भन्दै उनीहरूले प्रभावकारी व्यवस्थापनको माग गरेका छन्। केही स्थानीयले हात्ती नियन्त्रणका लागि कडा कदम चाल्नुपर्ने मागसमेत राखेका छन्।

बाहुनडाँगी क्षेत्र मानव–हात्ती द्वन्द्वको उच्च जोखिममा पर्ने क्षेत्रका रूपमा परिचित छ। घटना पश्चात स्थानीयले प्रहरी प्रशासन तथा वन्यजन्तु संरक्षण निकायप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्। बिहान ७ बजेसम्म उनीहरूले शव उठाउन नदिएको जनाइएको छ।

घटनापछि सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला संस्थाहरूले स्थानीयसँग समन्वय गर्दै अवस्था सामान्य बनाउन प्रयास गरिरहेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖