इँटाभट्टाको पानी भरिएको खाडलमा डुबेर १० वर्षीय बालकको ज्यान गयो

सञ्जय मिश्रा/रौतहट, १ असार ।  रौतहटको बौधीमाई नगरपालिका–६ मा रहेको बलवान इँटा उद्योग नजिकको पानी भरिएको खाडलमा डुबेर एक १० वर्षीय बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार सोमबार दिउँसो करिब १२ः ४५ बजे स्थानीय दीपेन्द्र राय यादवका छोरा सुप्रित यादव खाडलमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक सुरक्षा तथा प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। उक्त स्थान प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ।

पछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर विश्वनाथ यादवको नेतृत्वमा सोको टोली ९अनुसन्धान० टोली घटनास्थल पुगेको थियो। टोलीले मुचुल्का उठाउने तथा घटनाको विस्तृत अनुसन्धान गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालक कसरी खाडलमा पुगे र डुबेर मृत्यु हुन पुग्यो भन्ने विषयमा अनुसन्धान जारी छ।

स्थानीयवासीका अनुसार इँटाभट्टाका लागि माटो निकाल्न खनिएका खाडलहरू काम सकिएपछि नपुरिँदा वर्षायाममा पानी भरिने गर्छ। यस्ता खुला र असुरक्षित खाडल बालबालिकाका लागि जोखिमपूर्ण बन्दै गएका छन्। पछिल्ला वर्षहरूमा यस्तै खाडलमा डुबेर हुने दुर्घटनाका घटना पनि दोहोरिने गरेका छन्।

स्थानीयहरूले यस्ता खाडल तत्काल पुर्न वा सुरक्षा व्यवस्था गर्न सम्बन्धित निकाय र इँटाभट्टा सञ्चालकहरूको ध्यानाकर्षण गराएका छन्। भदौ २६ मा सामान्य विवादमा हुलले आगो लगाएपछि नेपालको पहिलो सिनेमा घरको इतिहास सदाका लागि मेटियो । यो हलमा पहिलो पल्ट ‘रामविवाह’प्रदर्शन भएको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖