इलाममा पिकअप दुर्घटना
इलाम । इलाम नगरपालिका–११, सोयाक रामचोक क्षेत्रमा मंगलबार राति परेको अविरल वर्षाका कारण सडक चिप्लो हुँदा पिकअप गाडी दुर्घटनामा परेको छ।
बिर्तामोडबाट एकतप्पातर्फ जाँदै गरेको उक्त पिकअप राति करिब ९ बजे दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको स्थानीय स्रोतले जनाएको छ।
इलाम नगरपालिका क्षेत्रको सो सडक खण्डमा वर्षाका कारण आवागमन केही प्रभावित भएको बताइएको छ।


