पांचथरको सिबादोभान नजिक सुख्खा पहिरो, ठूला सवारी अवरुद्ध
पांचथर । पांचथरको कुम्माँयक गाउँपालिका–४, सिबादोभान नजिक सुख्खा पहिरो खसेपछि ठूला सवारीसाधन आवागमन अवरुद्ध भएको छ।
घटनापछि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी बलका प्रमुखसहितको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा टोलीले बाटो तत्काल सुचारु गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय फिदिमले जनाएको छ।


