नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

काठमाडौं । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदिमा हाम फालेका एक बृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेल आज बिहान उक्त नदिमा हाम फालेका थिए।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो। उद्धार पश्चात उनलाई उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको छ। उनको अवस्था भने सामान्य रहेको चितवन प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदिको बीच भागमा  अड्कीएका एक जनाको आज सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सोही गाउँपालिका–१ लिस्ती बस्ने २३ बर्षिय संजिव बिकलाई उक्त नदिले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदिको बिच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो। उद्धार पश्चात उनलाई उपचारको लागी धुलिखेल अस्पताल पठाइएको थापाले जानकारी दिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖