ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सञ्जय मिश्रा/रौतहट, ४ असार । रौतहटको गढीमाई नगरपालिका–२ समनपुर बजारमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक वृद्धको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब १२ः४५ बजे गरुडा–समनपुर सडकखण्डमा समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गढीमाई नगरपालिका–४ सुन्दरपुर निवासी ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए। उनको ढाड तथा अण्डकोषमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्‍याई प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो।

तर वीरगञ्ज लैजाने क्रममा दिउँसो करिब १ः४५ बजे बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको नेतृत्वमा १५ सदस्यीय टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले ट्र्याक्टर चालक गरुडा नगरपालिका–५ निवासी ३९ वर्षीय रामकिशुन यादवलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेको नदेखिएको र उनीसँग वैध सवारी चालक अनुमति पत्र रहेको छ। दुर्घटनापछि मोटरसाइकल चालक भने फरार रहेकाले उनको खोजी तीव्र पारिएको छ।

दुर्घटनामा संलग्न ट्र्याक्टर तथा मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖