प्रअकाे लापरबाहीले २ दिन देखि पठनपाठन प्रभावित, विद्यार्थीले गरे तालाबन्दी

मुकेश कुमार यादव/सिरहा ५ असार । सिरहाको औरही गाउँपालिका-१ दरहियास्थित श्री जनता माध्यमिक विद्यालय (प्राविधिक धार) का प्रधानाध्यापकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले गरेको तालाबन्दीका कारण ३ दिनदेखि पठनपाठन प्रभावित बनेको छ।

 

विद्यालयका प्रधानाध्यापक उपेन्द्र प्रसाद यादवले कक्षाकोठामै विद्यार्थीहरूसँग अशोभनीय व्यवहार गर्ने, अश्लील शब्द प्रयोग गर्ने तथा पढाउनुपर्ने विषयवस्तु भन्दा राजनीतिक गतिविधिमा बढी संलग्न हुने गरेको आरोप लगाउँदै विद्यार्थीहरूले असार ३ गते नै प्रधानाध्यापकको कार्यालयमा तालाबन्दी गर्दा पठनपाठन प्रभावित भएको हो।

 

तालाबन्दीपछि समस्या समाधानका लागि पहल गर्नुको सट्टा प्रधानाध्यापकले घटनालाई बेवास्ता गर्दै आफ्ना निकट विद्यार्थीहरूलाई उचालेर विद्यालयको शैक्षिक वातावरण थप बिगार्ने प्रयास गरेको स्थानियहरुको गुनासो छ।

 

स्थानीय युवा धर्मेन्द्र यादवका अनुसार विद्यार्थीहरूले कार्यालयमा तालाबन्दी गर्दा प्रधानाध्यापक कुनै प्रतिक्रिया नदिई विद्यालयबाट बाहिरिएका थिए। ‘विद्यालयमा यस्तो अवस्था सिर्जना हुँदा प्रधानाध्यापकले जिम्मेवारीपुर्वक समस्या समाधानतर्फ लाग्नुपर्ने हो तर उहाँकाे व्यवहारका कारण आज पनि पठनपाठन हुन सकिरहेकाे छैन्’ उनले भने।

 

अभिभावक प्रमोद यादवले विद्यालयमा शिक्षण गतिविधिभन्दा राजनीतिक प्रभाव बढ्दै गएको आरोप लगाएका छन् । एक समय यही विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू डाक्टर, शिक्षक लगायत विभिन्न क्षेत्रमा सफल भएका थिए तर पछिल्लो २ वर्षयता विद्यालयको शैक्षिक अवस्था निकै कमजोर बनेको उनले बताए।

 

यता, विद्यालयमा दुई दिनदेखि पठनपाठन अवरुद्ध भएको विषयमा प्रतिक्रिया लिन प्रधानाध्यापक उपेन्द्र प्रसाद यादवसँग सम्पर्क गर्न खोजिए पनि उनी सम्पर्कमा आउन चाहेनन्।

 

औरही गाउँपालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारी सन्तोष यादवले भने घटनाबारे आफूलाई औपचारिक जानकारी नभएको बताए। ‘तपाईंको फोनमार्फत पहिलो पटक जानकारी पाएँ, न प्रधानाध्यापकबाट, न विद्यार्थीबाट कुनै जानकारी आएको छ, वास्तविक अवस्था बुझेर आवश्यक कदम चाल्छौं’, उनले भने।

 

यसैबीच, हालै सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिमा ४ जना अभिभावक चयन भएपनि उनीहरू प्रधानाध्यापक निकट नरहेको कारण विद्यालय भित्र विवाद सिर्जना गरिएको स्थानीयवासीहरूको आरोप छ। विद्यालय जस्तो संवेदनशील संस्थालाई राजनीतिक अखडा बनाउने प्रवृत्तिले विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने गरेको उनीहरूको भनाइ छ।

 

स्थानीय अभिभावक तथा सरोकारवालाहरूले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन गरी विद्यालयको शैक्षिक वातावरण तत्काल सामान्य बनाउन स्थानियहरुले माग गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖