इलाममा चट्याङ लागेर गाई र सुँगुर मरे
इलाम । आज बिहान वर्षासँगै परेको चट्याङका कारण इलामको सन्दकपुर गाउँपालिका–१ भित्तेका एक कृषकको पशुचौपायाको मृत्यु भएको छ।
स्थानीय धनबहादुर राईको घर नजिकैको गोठमा बाँधेर राखिएको एक वटा गाई र सुँगुर खोरमा रहेको एक वटा सुँगुरको पाठा चट्याङ लागेर मरेको प्रहरीले जनाएको छ।
बिहान परेको चट्याङले गोठ र खोरमा रहेका पशुचौपायालाई असर पुर्याउँदा गाई र सुँगुरको पाठा घटनास्थलमै मरेका हुन्।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


