झापाको कनकाईमा खेतबाट सडकमा निस्किएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु

झापा, असार ५ । झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडक खण्डमा खेत जोतेर सडकमा निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।

शुक्रबार दिउँसो करिब १२ बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे.४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे.१त ७४०४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक २० वर्षीय समिर अली, उनकी ५ वर्षीया छोरी हाजिरा खातुन र ४५ वर्षीया नुरेश सादेवी घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि कनकाई अस्पताल, सुरुङ्गा लगिएकोमा चिकित्सकले समिर अली र उनकी छोरी हाजिरा खातुनलाई मृत घोषणा गरेका थिए।

गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बी एन्ड सी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर, मोटरसाइकल तथा ट्याक्टर चालक ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापा ले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖