विराटनगरमा आयल निगमको पार्किङबाट पेट्रोल बोकेको ट्याङ्कर चोरी, हुलाकी सडकमा बेवारिसे अवस्थामा फेला

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालयको पार्किङबाट पेट्रोल बोकेको ट्याङ्कर चोरी भएको छ। पार्किङमा राखिएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको ट्याङ्कर गएराति चोरी भएको हो।

नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुस्कर कार्कीका अनुसार राति पार्किङमा राखिएको ट्याङ्कर आज बिहान हराएको जानकारी प्राप्त भएको थियो। खोजी गर्ने क्रममा उक्त ट्याङ्कर सुनसरीको बर्जु गाउँपालिका क्षेत्रमा पर्ने हुलाकी सडकखण्डमा सोमबार बिहान करिब ११ बजे बेवारिसे अवस्थामा फेला परेको हो। हाल ट्याङ्करलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्याङ्कर धनी नवीन कर्णका अनुसार ट्याङ्करमा करिब २० हजार लिटर पेट्रोल लोड गरिएको थियो। भारतको सिलीगुडीबाट तेल ल्याएर आइतबार साँझ ८ बजे आयल निगमको पार्किङमा राखिएको थियो।

कर्णका अनुसार चालकहरू निगममा सञ्चालन भइरहेको तालिममा सहभागी भएका बेला ट्याङ्कर चोरी भएको हो। “हामी सबैजना तालिममा थियौं, बिहान साढे ८ बजेतिर मात्रै गाडी नभएको थाहा पायौं,” उनले भने।

प्रारम्भिक नापजाँचका आधारमा ट्याङ्करबाट झण्डै एक हजारदेखि १२ सय लिटरसम्म पेट्रोल चोरी भएको अनुमान गरिएको छ। तर, ट्याङ्कर फेला परेको स्थान भिरालो र कोल्टे परेकाले कति परिमाणमा तेल हराएको हो भन्ने यकिन मुचुल्का उठाएर डिपोमा ल्याएपछि मात्रै हुने कर्णले बताए।

घटनापछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङ, ढुवानी प्रतिनिधि तथा आयल निगमका अधिकारीहरूको उपस्थितिमा मुचुल्का उठाएर ट्याङ्करलाई डिपोमा ल्याइने तयारी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र खड्काले भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा ट्याङ्कर बेवारिसे अवस्थामा फेला परेको जानकारी दिए।

“चोरी गरेर हुलाकी राजमार्गमा ल्याई छाडिएको देखिन्छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,” डीएसपी खड्काले भने। उनले पनि प्रारम्भिक रूपमा करिब एक हजारदेखि १२ सय लिटर तेल चोरी भएको अनुमान गरिएको बताए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖