मोरङको बेलबारी स्थित कपडा उद्योगमा आगलागी, १२ लाख रुपैयाँको क्षति

विराटनगर । मोरङको बेलबारी नगरपालिका–१ स्थित एक कपडा उद्योगमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

महमद लियाकत मियाँले सञ्चालन गर्दै आएको सलमान कपडा उद्योगमा सोमबार दिउँसो करिब २ बजे आगलागी भएको हो। टिनको बेरा र टिनको छानो भएको एकतले टहरामा सञ्चालन भइरहेको उद्योगमा अचानक आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। साथै, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको थियो। प्रहरी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आगलागीबाट सिरक–डसना बनाउने मेसिन, एक थान जेनेरेटर, एक थान रुवा बनाउने मेसिन, ठूलो परिमाणमा कच्चा तथा प्रशोधित रुवा, कपडा र तयारी सामग्री जलेर नष्ट भएका छन्।

उद्योगमा रहेका सिरक, डसना तथा अन्य सामग्रीमा व्यापक क्षति पुगे पनि घटनामा कुनै मानवीय वा चौपायाको क्षति भएको छैन। आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖