झापाको गौरीगञ्जमा चट्याङ लागेर भोजपुरका एक जनाको मृत्यु

झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा आज बिहान चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जका अनुसार मृत्यु हुनेमा भोजपुरको आमचोक गाउँपालिका–९ स्थायी घर भई हाल गौरीगञ्ज–३ सयपत्री टोलमा डेरा गरी बस्ने ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन्। उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए।

आज मंगलबार बिहान करिब ६:३० बजेको समयमा खेतमा आली खन्ने क्रममा पानीसँगै परेको चट्याङ लाग्दा श्रेष्ठको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोली घटनास्थलमा पुगेको थियो। मृतकको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖