मोरङको कोचनी खोलामा बेपत्ता भएकी बालिका मृत फेला

मोरङ, असार ९ गते । मोरङको रंगेली नगरपालिका–१ स्थित कोचनी खोलामा डुबेर बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

रंगेली–१ का अनिल खवासकी ७ वर्षीया छोरी एलिना खवासको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एलिना स्थानीय सञ्जीव चौधरीकी ८ वर्षीया छोरी साबिती चौधरीसँग सोमबार साँझ कोचनी खोलामा पौडी खेल्न गएकी थिइन् । सोही क्रममा डुबेर उनी बेपत्ता भएकी हुन् ।

खोजी अभियानका क्रममा राति करिब ११ बजे बेपत्ता भएको स्थानबाट करिब सय मिटर तल स्थानीय बासिन्दाले बालिकाको शव फेला पारेका मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।