बाँदर धपाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४५ लाख बजेट

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदरलगायत वन्यजन्तुको आतंकबाट किसानलाई राहत दिने उद्देश्यले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

नगरपालिकाको १५औँ नगरसभाबाट पारित बजेटमा प्रत्येक वडा तथा टोलमा ‘बाली हेरालु’ परिचालन गर्ने व्यवस्था गरिएको छ। उपप्रमुख विशन राईले प्रस्तुत गरेको बजेटमा वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरणलाई प्राथमिकता दिइएको हो।

नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार बाँदर समस्या समाधानका लागि संघीय सरकार तथा छिमेकी स्थानीय तहसँग समन्वय गर्दै अल्पकालीन र दीर्घकालीन कार्यक्रम अघि बढाइनेछ।

त्यसैगरी, नगरपालिकाले ‘किसानलाई के चाहिन्छ ?’ नामक कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ। यसअन्तर्गत किसानको घरदैलोमै पुगेर प्राविधिक सेवा, उन्नत बीउबिजन वितरण तथा एकीकृत घुम्ती शिविर सञ्चालन गरिनेछ।

खोटाङका अन्य स्थानीय तहहरूले पनि आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न थालेका छन्। हलेसी तुवाचुङ नगरपालिकाले ८४ करोड ११ लाख ८२ हजार रुपैयाँ र केपिलासगढी गाउँपालिकाले ४७ करोड ५१ लाख ५ हजार १७० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्। अन्य स्थानीय तहहरूले पनि असार १० भित्र नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।