विराटनगर स्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा चार जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरस्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा चार जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार असार ९ गते राति करिब १२ः३० बजे परोपकार घाटस्थित दाहसंस्कार गर्ने सार्वजनिक स्थलमा केही व्यक्तिहरू भेला भई होहल्ला गरिरहेको र तीमध्ये दुई जना निर्वस्त्र अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा शुरेन्द्र मणि मण्डल, कैलाश ढुङ्गाना, मानिस काफ्ले र छबिलाल घिमिरे रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।