झापाको बिर्तामोड स्थित बिराटपोखरीमा एक महिला मृत फेला
झापा । झापाको बिर्तामोड नगरपालिका–१० स्थित बिराटपोखरीमा एक महिला मृत फेला परेकी छन्।
स्थानीय तोमप्रसाद तिवारीकी श्रीमती करिब ३९ वर्षीया मेनुका धिमिरे तिवारी आज बिहान आफ्नै घरको छेउमा रहेको लिच्चीको बोटमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासीले जानकारी गराएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धान भइरहेको र शवलाई आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाको कारण भने हालसम्म खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको बताइएको छ।


