२४ करोड ८६ लाखमा बनेको धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालनमा

धरान । धरान उपमहानगरपालिका–८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ। धरान उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले एक कार्यक्रमबीच बसपार्कको उद्घाटन गरेका हुन्।

सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत लगानीमा करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो।

कुल ३३ करोड ७० लाख ४७ हजार ३३७ रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना निर्माणको जिम्मा बिकोइ–गीताञ्जली जेभी, दुहबी–सुनसरीले पाएको थियो। निर्माण कम्पनीले २०७८ असार ३० गते २५ करोड ४१ लाख ६७ हजार ३१९ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो।

धरान उपमहानगरपालिकाको योजना शाखाका इन्जिनियर प्रकाश शर्माका अनुसार बसपार्क २४ करोड ८६ लाख ९ हजार १४८ रुपैयाँमा निर्माण सम्पन्न भएको हो।

बसपार्कमा एकैपटक ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था छ। भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्ग्रे सवारीसाधन, ६० वटा अटो तथा केही कार र जिप पार्किङ गर्न सकिने क्षमता रहेको छ।

यसैगरी बसपार्कमा करिब ३०० यात्रु अट्ने सुविधासम्पन्न प्रतीक्षालय, टिकट काउन्टर, एटीएम बुथ, सीसीटीभीसहितको सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा यात्रु चढाउन र ओराल्नका लागि २२ वटा अटो अट्ने स्टेसन निर्माण गरिएको छ।

अन्डरग्राउन्ड पार्किङसहित भवनको पहिलो तलामा १८ वटा व्यावसायिक सटरसमेत निर्माण गरिएको इन्जिनियर शर्माले बताए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।