उदयपुरको कटारीमा टिपर दुर्घटना: सात जना घाइते, चालक फरार

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा आइतबार टर्निङ लिने क्रममा खोक्साबाट मिर्चैयातर्फ जाँदै गरेको ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भई सडक किनारमा पल्टिँदा सात जना घाइते भएका छन्।

दुर्घटनामा कटारी नगरपालिका–२ गुराँसेका ६० वर्षीय शेरबहादुर थापा, ५० वर्षीया सुनिता थापा, २३ वर्षीया जेनी श्रेष्ठ, ४८ वर्षीया सीता श्रेष्ठ, ३९ वर्षीया यशोदा खड्का, ४० वर्षीया कृजा थापा र ४० वर्षीय कुलबहादुर अधिकारी घाइते भएका हुन्।

घाइतेमध्ये शेरबहादुर थापा र सुनिता थापाको मिर्चैयास्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ भने अन्य पाँच जनाको मिर्चैयास्थित विष्णु क्लिनिकमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिपर चालक कटारी नगरपालिका–२ ददरिया बस्ने २३ वर्षीय राजेश दनुवार फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाग्रस्त टिपर घटनास्थलमै रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖