धरानमा ब्राउन सुगर र मोटरसाइकल सहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ मा प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
शनिबार राति करिब १०ः४० बजे प्राप्त गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान–१३ स्थित विक्की राईको कोठामा चेकजाँच तथा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा धरान उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय अरबाज मियाको साथबाट २.१२० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिई लागू औषध तथा प्रयोग गरिएको एक सवारीसाधनसहित इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान अघि बढाएको छ।


