इलामको राजदुवाली स्थित मेची राजमार्गमा वर्षाका कारण लेदो सहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध
इलाम । अविरल वर्षासँगै खसेको लेदोयुक्त पहिरोका कारण मेची राजमार्ग अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शनिबार राति करिब ११ः४० बजे इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण लेदो सहितको पहिरो खसेपछि सवारीसाधन सञ्चालन पूर्णरूपमा बन्द भएको हो।
पहिरोका कारण उक्त सडक खण्ड भएर सवारीसाधन आवतजावत गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सडक सञ्चालनका लागि आवश्यक पहल भइरहेको जनाउँदै यात्रु तथा सवारी चालकलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।


