बिराटनगरमा जलवायु न्याय सम्बन्धी सिकाइ गोष्ठी सम्पन्न ,युवा र बालबालिकाहरू आफैं अभियानको नेतृत्व गर्दै

विराटनगर । विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तन र जलवायुको मुद्दामा सशक्त बनाउने उद्दैश्यका साथ“विराटनगर जलवायु सिकाइगोष्ठी २०२६“ सफलतापूर्वक सम्पन्न भएको छ ।

दिगो विकास इन्स्टिच्युट र ग्रिन सिटी भोलन्टियर्स विराटनगरको आयोजनामा एक दिने विशेष कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको सुरुवात गर्दै दिगो विकास इन्स्टिच्युटका अध्यक्ष अभिषेक श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्दै गोष्ठीको उद्दैश्य र आगामी दिनमा युवाहरूको भूमिकाबारे प्रकाश पारे । गोष्ठीमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थी, ग्रिन सिटीका स्वयम्सेवक र युवाअभियन्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

गोष्ठीको पहिलो प्राविधिक सेसनमा’क्लाइमेट रिस्क एण्डरैजिलेन्स ल्याब’ का विनोद पराजुलीले “प्रमाणदेखि प्रभावसम्म : तथ्याङ्क, भाष्य र सामुदायिक अनुभवका माध्यमबाट जलवायु सञ्चारको सुदृढीकरण“ विषयमा प्रस्तुतीकरण दिए । उनले जलवायु सम्बंधि सहभागीहरूलाई समावेशी समूहमाविभाजन गरी खेल र छलफलको माध्यमबाटजलवायु सम्बन्धीशब्दावली र तथ्यहरूबारे प्रयोगात्मकसिकाइ गराए ।

त्यसैगरी, दोस्रो सेसनमा हरिन नेपालबाट, अधिवक्ताएवं जलवायु अभियन्ता तनुजा पाण्डैले “सडकको सङ्गठन, हाम्रो भविष्यको पुनर्प्राप्ति : जलवायु न्यायको अग्रपङ्क्तिमा लडन नेपालकायुवाहरूको परिचालन“ विषयमा आफ्नो अनुभव साझा गरिन् । उनले ’सेभ निजगढ’ आन्दोलनको उदाहरण दिँदै भुइँतहको वास्तविकता, प्रणाली र अभियानकाकथाहरू कसरी तयार गर्ने र अभियानलाई बलियो बनाउने भन्नेबारे सहभागीहरूलाई प्रशिक्षित गरिन् ।

सहभागीयुवाहरू आफैं ३ वटा समूहमा विभाजित भई स्थानीय स्तरमा सञ्चालन गर्न सकिने सिर्जनात्मक जलवायु अभियानको खाकातयार पारेका थिए । आयोजकका अनुसार युवाहरूले तयार पारेका यीउत्कृष्ट अभियानहरूलाई आगामी दिनमा कार्यान्वयनकालागि प्राविधिक, वित्त तथा व्यवस्थापकीय सहयोग समेत उपलब्ध गराइनेछ, जस्ले युवा र बालबालिकालाई एक जुटभई जलवायु न्यायको मुद्दामा अगर्पन्तिमा कार्यक्रम गर्नेछन ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖