इटहरीमा ट्रकको ठक्करबाट सिटी सफारी दुर्घटनाग्रस्त
इटहरी । इटहरी उपमहानगरपालिका–१० डुमरटोका ट्रान्सपोर्ट अगाडि शनिबार बिहान करिब १०:३० बजे ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा दुर्घटना भएको छ।
दुर्घटनामा सिटी सफारी चालकसहित सवार यात्रुहरू घाइते भएका छन्। ठक्कर दिने ट्रक भने घटनापछि फरार भएको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ।
फरार ट्रक र चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


