२८९ ग्राम ब्राउन सुगर र ४ लाख ७१ हजार नगद सहित २ जना पक्राउ
विराटनगर । लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रानी मोरङको संयुक्त टोलीले ठूलो परिमाणमा ब्राउन सुगर र नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गर्दै गरेका चञ्चल सिकदार को साथबाट २८९ ग्राम ७२० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद गरिएको हो।
त्यसैगरी सोही कारोबारमा संलग्न रहेको आरोपमा जुम्ला, चन्दननाथ नगरपालिका–८ का तेज रावल लाई प्रदेश ०२–०२४ प ०१७७ नम्बरको मोटरसाइकल र नगद ४ लाख ७१ हजार रुपैयाँसहित कोशी गाउँपालिका–८ भान्टावारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबै जनामाथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ।


