मोरङको मधुमल्लामा सडक अलपत्रप्रति विरोध, राष्ट्रिय धान दिवसमा राजमार्गमै रोपाइँ
मोरङ । देशभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व उल्लासका साथ मनाइरहेका बेला मोरङको मधुमल्ला बजारपुछारका स्थानीय बासिन्दाले फरक शैलीमा धान दिवस मनाएका छन्।
स्थानीयहरूले मदन भण्डारी राजमार्गमा धान रोपेर वर्षौंदेखि अलपत्र परेको सडक निर्माणप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
उनीहरूले सडक निर्माणमा ढिलाइ हुँदा दैनिक आवागमनमा समस्या भएको भन्दै प्रतीकात्मक विरोधस्वरूप सडकमा रोपाइँ गरेका हुन्।
यस किसिमको विरोधमार्फत स्थानीयहरूले तत्काल सडक निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई दबाब दिएका छन्।


