धान रोप्दै मनाइयो राष्ट्रिय धान दिवस

सञ्जय मिश्रा/रौतहट, १५ असार। रौतहटको कटहरिया नगरपालिका–६ फतेपुरमा आइतबार धान रोपेर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिवस मनाइएको छ।

 

‘किसानको सम्मान, समृद्ध नेपालको आधार’ भन्ने नारासहित नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिले कार्यक्रम आयोजना गरेको हो। 

खेतमै पुगेर धान रोप्दै कृषि पेशा र किसानप्रतिको सम्मान व्यक्त गरिएको कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री प्रदीप पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, पूर्व अर्थमन्त्री जितेन्द्र यादव, कांग्रेसका नेता–कार्यकर्ता, स्थानीय किसान तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

सो अवसरमा वक्ताहरूले नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि भएकाले किसानको संरक्षण, उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार तथा कृषि क्षेत्रमा राज्यको लगानी बढाउन आवश्यक रहेको बताएका थिए। उनीहरूले कृषि क्षेत्रको विकासबिनाको समृद्धि सम्भव नभएको धारणा पनि राखे।

असार १५ नेपालमा धान रोपाइँको मुख्य समयसँगै कृषि संस्कृतिको महत्वपूर्ण पर्वका रूपमा परिचित छ। यही दिनलाई राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिवसका रूपमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै आएको छ। नेपालमा राष्ट्रिय धान दिवस २०६१ सालदेखि औपचारिक रूपमा मनाउन थालिएको हो। त्यसयता सरकारले हरेक वर्ष कृषकलाई सम्मान गर्ने, आधुनिक कृषि प्रविधि अपनाउन प्रोत्साहित गर्ने तथा धान उत्पादन वृद्धि गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

धान नेपालको प्रमुख खाद्यान्न बाली तथा खाद्य सुरक्षाको आधार भएकाले यसको उत्पादन बढाउन समयमै रोपाइँ, गुणस्तरीय बीउ, पर्याप्त सिँचाइ र आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको कृषि विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार यस्ता दिवसले कृषिप्रति युवाको आकर्षण बढाउनुका साथै किसानलाई थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖