सार्बजनिक बसबाट ३४ ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ
कास्की । कास्कीको पोखरा महानगरपालिका–३२ मजुवास्थित पृथ्वीराजमार्गमा सार्वजनिक बसबाट ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार बिहान करिब ६ः२० बजे नियमित चेकजाँचका क्रममा वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १६९५ नम्बरको सार्वजनिक बसमा सवार स्याङ्जाको आँधीखोला गाउँपालिका–२ निवासी ३२ वर्षीय बिनोद क्षेत्री र फेदीखोला गाउँपालिका–५ निवासी २६ वर्षीय रेशम क्षेत्री पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनीहरूले आफू बसेको सिटको झ्यालको पर्दाभित्र प्लास्टिकमा लुकाइछिपाइ राखेको करिब ३४ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको हो।
दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय शिशुवामा राखिएको प्रहरीले जनाएको छ।


