पत्रकार खेम भण्डारी कञ्चनपुरवाट पक्राउ

कञ्चनपुर, १८ असार । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट भण्डारीलाई पक्राउ गरेको हो । 

 

कञ्चनपुरका एसपी नेत्रमणि गिरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

जिल्ला अदालत कञ्चनपुरले गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई एक महिना ७ दिन कैद तथा १२ हजार १ सय रुपैयाँ जरिवानाको फैसला सुनाए पनि उनी पक्राउ परेका थिएनन । सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयन गरिनेछ।

निर्मला हत्याकाण्डमा बिबादस्पद रहेका पत्रकार भण्डारीले केही दिन अघि फेसबुकवाट काठमाडौं जान लागेको र सो बिषयमा मिडियाहरूसँग कुराकानी गर्ने जनाएका थिए, सो हत्याकाण्डका बारेमा थप पोल खोल्ने जनाएको केही दिनमा उनी पक्राउ परेका हुन् ।   
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।