जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बर्दिया, १९ असार । बर्दियामा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मधुवन नगरपालिका- १ कमलपुर बस्ने २२ वर्षीय भुपेन्द्र भण्डारी छन्।
१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार साँझ उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


