सुनसरीमा १.०५ ग्राम ब्राउन सुगर सहित मोटरसाइकल चालक पक्राउ

सुनसरी, असार २१ । सुनसरी प्रहरीले १.०५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ करिब ५:३९ बजे भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित खुनिया पुल क्षेत्रमा चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४१ प ९०४३ नम्बरको मोटरसाइकल रोकेको थियो।

चालक बराहक्षेत्र नगरपालिका–७ निवासी २० वर्षीय समिर खड्काको शरीर तथा सामान जाँच गर्दा १.०५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेपछि उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका खड्काविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖