बैंकिङ कसुरका फरार प्रतिबादी पक्राउ
काठमाडौं, २१ असार । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका–८ बाट पक्राउ परेका हुन । सोही नगरपालिका–७ घर भएका ४८ वर्षीय कृष्ण नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ ।


