नावालक हत्यामा संलग्न फरार प्रतिवादी पक्राउ
कैलाली, २३ असार । नावालक हत्यामा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन ।
नाबालकको हत्या भएको घटनामा संलग्न रही फरार रहेका गौरीगंगा नगरपालिका–६ बस्ने २५ वर्षीय खगेन्द्र भन्ने खेमराज कठायत पक्राउ परेका हुन।
धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा १० वर्षीय तनुज चौधरी असार १२ गते मृत अवस्थामा फेला परेका थिए । सो घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई धनगढी उपमहानगरपालिका–२ भन्सार रोडबाट पक्राउ गरेको हो ।
उनी उपर ज्यान सम्बन्धी कसुर मुद्दामा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।


