चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, २३ असार । चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन ।
ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका(७ घर भएका ४२ वर्षीय भिमसेन काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकको २०८० मंसिर २७ गतेको फैसलाले उक्त मुद्दामा बिगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।


