दुई बोलेरो जिप ठोक्किँदा ९ जना घाइते, एकको अवस्था गम्भीर

म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–७ फेदीखोला सडकखण्डमा मंगलबार दिउँसो दुई वटा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार करिब दिउँसो ३ बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको Ba7795 नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई पल्टिएको थियो। पल्टिएको जिप अगाडिबाट आउँदै गरेको ग३च ३३१४ नम्बरको यात्रुबाहक बोलेरो जिपमाथि खस्दा दुर्घटना भएको हो।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी दरबाङ आधारभूत अस्पतालमा उपचारका लागि पठाएको छ।

दुर्घटनामा ग३च ३३१४ नम्बरको बोलेरोका चालक पर्वतको जलजला गाउँपालिका–८ निवासी अनिल नेपाली गम्भीर घाइते भएका छन्। त्यस्तै Ba7795 नम्बरको बोलेरोका चालक म्याग्दी धौलागिरी गाउँपालिका–३ मुना निवासी २७ वर्षीय धुर्व पुनसहित अन्य सात जना मध्यम र एक जना सामान्य घाइते भएका छन्।

घाइते हुने अन्यमा धौलागिरी–७ निवासी १७ वर्षीया रबिना सिर्पाली, ७४ वर्षीय सुनबिर रसाइली, ७८ वर्षीया ख्याउटी रसाइली, ४० वर्षीया धना कुमारी सुनार, ६३ वर्षीय दलबहादुर, २६ वर्षीया कल्पना सुनार तथा रोल्पाको खवाङ गाउँपालिका–५ निवासी ५२ वर्षीय भिमसेन पुन रहेका छन्।

प्रहरीका अनुसार दुवै जिपमा गरी १० जना सवार रहेका थिए। दुर्घटनामा एक जना सकुशल रहेका छन् भने दुवै सवारीसाधन घटनास्थलमै छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖