इलाम,भोजपुर सहित अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । देशभर भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। बिहान साढे ८ बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ।

कोशी प्रदेशमा मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग प्रभावित भए पनि हाल एकतर्फी यातायात सञ्चालन गरिएको छ।

बागमती प्रदेशमा बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा बाढीको जोखिम बढेपछि सवारी सञ्चालन रोकिएको छ। इन्द्रसरोवर क्षेत्रमा सडक मर्मतका कारण कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड यस महिनाको २५ गतेसम्म पूर्ण रूपमा बन्द रहने जनाइएको छ। साथै पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ पनि अवरुद्ध भएको छ।

गण्डकी प्रदेशको म्याग्दी जिल्लामा बैसेरी र घुमाउने भिर क्षेत्रमा पहिरो जाँदा बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, कर्णाली प्रदेशको भेरी करिडोर अन्तर्गत रुकुम पश्चिम क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ।

प्रहरी तथा सम्बन्धित निकायले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖