सुनसरी स्थित कोशी नदीको किनारमा तैरिरहेको अवस्थामा ३०८ किलो वेवारिसे गाँजा बरामद
इनरुवा, असार २५ । सुनसरी प्रहरीले बेवारिसे अवस्थामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार बिहान करिब ९ः३० बजे गस्ती गर्ने क्रममा सुनसरीको कोशी गाउँपालिका–७ अन्तर्गत केराबारी र भाण्टाबारीबीच सप्तकोशी नदीको बाँध किनारमा पानीमा तैरिरहेको अवस्थामा आठ वटा कालो प्लास्टिकले बेरिएका शंकास्पद पोका फेला पारेको थियो।
ती पोका खोली जाँच गर्दा जम्मा ३०८ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै उक्त गाँजा त्यहाँ पुर्याउने वा सम्बन्धित व्यक्तिहरूको खोजी कार्यसमेत जारी रहेको छ।


