सुनसरीमा पिकअप दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित महेन्द्र राजमार्गमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

भण्टाबारीबाट लौकहीतर्फ जाँदै गरेको प्र १-०२-००२ च ४८३१ नम्बरको खाली पिकअप गएराति अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोरङको रंगेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय चालक पदम राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिए पनि उपचारकै क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।

दुर्घटनामा पिकअपमा सवार सिरहाको लहान नगरपालिका घर भई हाल विराटनगर–१३ बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖