जडिबुटी क्षेत्रमा यात्रुलाई दुःख दिने ३२ जना पक्राउ

काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको जडिबुटी क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाडीमा चढाउने, झोला तथा सामान तान्ने र दुःख–हैरानी दिने कार्यमा संलग्न ३२ जनालाई पक्राउ गरेको छ।

कार्यालयका अनुसार लामो समयदेखि जडिबुटी क्षेत्रमा यस्ता गतिविधि भइरहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएपछि असार २५ गते प्रहरी टोली परिचालन गरिएको थियो। सो क्रममा उक्त कार्यमा संलग्न ३२ जनालाई जडिबुटी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुंगा लगायतका जिल्लाका व्यक्तिहरू रहेका छन्, जो हाल काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।

प्रहरीले यात्रु तथा सर्वसाधारणलाई यस्ता गतिविधिबाट सतर्क रहन र कुनै पनि शंकास्पद वा जबरजस्ती हुने घटना देखिए वा भोगिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖