खोटाङमा लेनदेनको विवादमा खुकुरी प्रहार गरि एकको मृत्यु,एक जना पक्राउ
खोटाङ ।।खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१, मोरिया याम्खामा लेनदेनको विवादका क्रममा खुकुरी प्रहार हुँदा ३५ वर्षीय धुर्ब अधिकारीको मृत्यु भएको छ।
प्रहरीका अनुसार लेनदेनको विषयमा कुराकानी गर्न अधिकारी ५३ वर्षीय तिलकबहादुर मग्रातीको घर पुगेका थिए। कुराकानीकै क्रममा दुवैबीच विवाद चर्किएपछि मग्रातीले खुकुरी प्रहार गरेका थिए।
प्रहारबाट अधिकारीको टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न तिलकबहादुर मग्रातीलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।


