झापाको कमलमा स्कुटी दुर्घटना : एकको मृत्यु, चालक गम्भीर घाइते
झापा । झापाको कमल गाउँपालिका–२ स्थित छलफल चोकमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार हिजो साँझ केर्खाबाट समयगढतर्फ जाँदै गरेको मे.११ प.१६१८ नम्बरको स्कुटी आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा स्कुटीको पछाडि सवार धादिङ घर भई हाल कमल–६ बस्दै आएका ३० वर्षीय राजन तामाङ गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा निम्स अस्पताल, दमकमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटी चालक इलाम घर भई हाल दमक–५ बस्दै आएका २९ वर्षीय राजन महत गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड रेफर गरिएको छ।
दुर्घटनाग्रस्त स्कुटी प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


