प्रहरी माथि गोली ताक्ने भारतिय नागरिक ब्राउन सुगर, पेस्तोल र गोली सहित पक्राउ
रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका–५ स्थित गुवानिया चोक नजिकबाट लागुऔषध ब्राउन सुगर, एक थान पेस्तोल र दुई राउन्ड गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य, अमेठी घर भएका करिब ५० वर्षीय एकवाल खान रहेका छन्।
प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा खानले प्रहरीमाथि पेस्तोल ताकेर कार्यसम्पादनमा अवरोध गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो। फायरिङका क्रममा उनको देब्रे खुट्टाको पिँडौलामा गोली लागेको प्रहरीले जनाएको छ।
घाइते खानको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। हाल उनी प्रहरी हिरासतमा रहेका छन्।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


