विद्यालयको होस्टेलबाट हराएका दुई बालक सकुशल फेला
मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित विद्यालयको होस्टेलबाट हराएका दुई बालक दुई दिनपछि सकुशल फेला परेका छन्।
जिल्ला प्रहरीका अनुसार असार २५ गते साँझ ६ बजेदेखि लोमान्थाङ गाउँपालिका–५ स्थित मोन्छयो ड्रग्कार थेग्छेन लिङ (गुम्बा) परिसरमा रहेको श्री महाकरुणा शाक्यप नि.मा.वि.को होस्टेलबाट कक्षा १ र यूकेजीमा अध्ययनरत दुई बालक सम्पर्कविहीन भएका थिए।
हराएका बालकहरूको प्रहरीले खोजतलास गर्ने क्रममा असार २७ गते बिहान १०:३० बजे लोमान्थाङ गाउँपालिका–२ स्थित भार्चामा उनीहरूलाई सकुशल फेला पारेको हो।
स्वास्थ्य परीक्षणपछि दुवै बालकलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा विद्यालयका प्रधानाध्यापकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


