मेची राजमार्ग पूर्ण अवरुद्ध, केही सडक एकतर्फी सञ्चालनमा

काठमाडौं, असार २७ । नेपाल प्रहरीले शनिबार दिउँसो २:०० बजेसम्मको मुख्य राजमार्गहरूको अवस्थाबारे विवरण सार्वजनिक गर्दै अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न सडक प्रभावित भएको जनाएको छ।

कोशी प्रदेश अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण असार १२ गतेदेखि मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्गको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, इलाम नगरपालिका–९ राजदुवालीमा असार २३ गतेदेखि पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ।

बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा चल्ने सवारी साधनलाई असार २२ गतेदेखि बीपी राजमार्ग प्रयोग गर्न रोक लगाइएको छ। यस्तै, मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा र भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा गएको पहिरो हटाइएपछि कान्तिलोकपथ पूर्ण रूपमा सञ्चालनमा आएको छ।

गण्डकी प्रदेशको बागलुङस्थित ढोरपाटन नगरपालिका–९ फल्लेघरमा असार २६ गते पहिरो खसेपछि सालझण्डी–ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी गाउँपालिका–२ पाउदीमा असार २५ गते गएको पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहेको छ।

यता कर्णाली प्रदेशको कालिकोटस्थित शुभकालिका गाउँपालिका–१ गगने खोलामा असार २७ गते पहिरो गए पनि अवरोध हटाइएकाले कर्णाली राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖