बुद्धनगरमा आत्मदाह प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको उपचारका क्रममा निधन
काठमाडौं, असार २७ । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको उपचारका क्रममा निधन भएको छ।
प्रहरीका अनुसार ५० वर्षीय राउतले शनिबार बिहान बुद्धनगरस्थित आफ्नै घरमा शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल वीर अस्पताल लगिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार राउतको शरीरको करिब ५० प्रतिशत भाग जलेको थियो। उपचारकै क्रममा उनको केहीबेरअघि निधन भएको हो।
घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


